प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित — OSNepal

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित

LC (KTM) January 16, 2022 0

काठमाडौँ, २ माघ-सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । एक सय ५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ५२ बल खेल्दै नौ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै सन्तोष भट्टले ४८ रन जोडे । उनले ३९ बल खेल्दै ४ चौका र ३ छक्का हाने । अर्जुन साउदले २६ तथा नारायण जोशी ८ रनमा अविजित रहे । बलिङतर्फ प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले एक÷एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रन बनायो । प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए भने सोनु अन्सारीले ३१ रन जोडे । त्यसैगरी मिनाष थापा र अङ्कित सुवेदीले समान २३÷२३ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले दुई÷दुई तथा कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एक÷एक विकेट लिए ।

समूह ‘ए’बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेफाइनलमा प्रवेश गरेका छन् । पुलिस तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । पुलिसले आफ्नो अन्तिम खेल सोमबार प्रदेश १ सँग खेल्नेछ । त्रिभुवन आर्मी क्लब चार खेलमध्ये दुईमा जीत र एकमा हारसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम चारमध्ये दुईमा जीत र दुईमा हारसहित तेस्रो स्थानमा छ । कर्णाली प्रदेश चार खेलमध्ये एकमा जीत र तीनमा हार बेहोर्दै चौथो स्थानमा रह्यो ।

प्रदेश १ ले तीन खेलमा जीतविहीन रहँदै तालिकाको पुछारमा छ । खेल मैदान खेल्न लायक नभएका कारण प्रदेश १ ले एउटा खेलमा आर्मीसँग अङ्क बाँडेको थियो । समूह ‘बी’बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपिएफ समूह विजेता बन्दै तथा बागमती उपविजेता भइ सेमिफाइनलमा पुगेको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर