अङ्कितबाबुको ‘कफी क्रस’ मा गायक प्रताप दास र मुन्नीको रोमान्स — OSNepal

अङ्कितबाबुको ‘कफी क्रस’ मा गायक प्रताप दास र मुन्नीको रोमान्स

LC (KTM) January 16, 2022 0

प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ । गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गर्नुभएको हो । कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ रु कफी जत्तिकै सुन्दर, मीठो अनि माया–लाग्दो १ साँच्चिकै यस्तो अनुभव गर्नुभएको छ भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ ।

भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ । तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दङ्ग पर्छन् । उनीहरुबीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ । वेटर गीतमा कहिले हास्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ ।

क्याफेको वेटरको भूमिका अङ्कितबाबु आफँैले पूरा गर्नुभएको छ । “यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा सङ्गीतले युवा वर्गका कथा भने जस्तो लाग्छ”–उहाँले भन्नुभयो । अङ्कितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन् ।

‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायाङ्कन अनिश स्याङ्देनले गर्नुभएको हो । नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका जोड्दार भिडियो बनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर