रंगशाला निर्माणमा आर्थिक अपचलन गरेको भन्दै धुर्मुस सुन्तली बिरुद्ध अख्तियारमा उजुरी , अब के गर्ला त अख्तियारले ? — OSNepal

रंगशाला निर्माणमा आर्थिक अपचलन गरेको भन्दै धुर्मुस सुन्तली बिरुद्ध अख्तियारमा उजुरी , अब के गर्ला त अख्तियारले ?

LC (KTM) January 16, 2022 0

नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट रंगशला होस् भन्ने उदेश्यले धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा काम सुरु गरेको थियो । काम सुरु हुदै गर्दा निक्कै उत्साहका साथ सहभागिता देखियो रंगशाला निर्माणका लागि । तर अहिले आएर रंगशाला अन्यौलमा परेको छ । अहिले आएर यस रंगशालामा राजनिती सुरु भएको छ ।

आर्थिक अपचलन भएको भन्दै फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसरी उजुरी दिनेमा बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारी रहेका छन् । उनले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको आरोप लगाउदै पक्राउ गरी अनुसन्धान गर्न उजुरीमा माग गरेका हुन् ।

अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै कट्टेल र घिमिरेविरुद्ध छानविन गर्न निवेदन दिइएको हो । अधिकारीले आइतबार अख्तियार आयोग टंगाल काठमाडौँमा पुगेर निवेदन दर्ता गराएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उजुरी दिएको जानकारी गराएका छन् । उनले ५७ करोड चन्दा संकलन गरेर १७ प्रतिशत पनि काम पुरा नगरि उल्टै १७ करोड ऋण देखाएको अधिकारीको आरोप रहेको छ । उनले देश विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन गरेर आर्थिक हिनामिना गरेको दाबी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर