जेल बाट छुटेर घर आएका शाहरुख खानका छोरा आर्यन दिनभर बन्द कोठामा बस्छन्, कोही संग पनि बोल्दैनन्, शाहरुख सबै छोडेर छोराको हेरचाहमा – OSNepal

जेल बाट छुटेर घर आएका शाहरुख खानका छोरा आर्यन दिनभर बन्द कोठामा बस्छन्, कोही संग पनि बोल्दैनन्, शाहरुख सबै छोडेर छोराको हेरचाहमा

Loknath Rijal (Jhapa) January 16, 2022 0

बलिउडका किंग खानका छोरा आर्यन खानलाई लागुऔषध मुद्दामा एनसीबी ९नार्कोटिक्स कन्ट्रोल ब्युरो०ले अक्टोबर ३ मा पक्राउ गरेको थियो । आर्यन खानले पूरा २८ दिन जेलमा बिताए । यो समय जेलमा आर्यनका लागि कठिनाइले भरिएको थियो । उता बाहिर बसेको उनको परिवार पूरै टुक्रिएको थियो ।

तर अहिले जेलबाट बाहिर आएपछि आर्यनका परिवारका सदस्यहरू ती कठिनाइबाट बाहिर आएका छन् तर यति लामो समय जेलमा बिताएपछि आर्यन खानको मानसिक अवस्था पूरै परिवर्तन भएको छ । जेलबाट आएपछि आर्यन खानको दिमागमा जेलको सम्झना बसेको स्रोतलाई उद्धृत गर्दै बताइएको छ । यसै कारण उनी घण्टौंसम्म आफ्नो कोठामा एक्लै बस्छन् र कसैसँग धेरै कुरा गर्दैनन् ।

रिपोर्टका अनुसार आर्यन खानको स्वभाव शान्त छ तर जेलबाट आएपछि उनले बोल्न छाडेका छन् । उनी आफ्नो परिवार र साथीभाइसँग पनि कुरा गर्दैनन् । आर्यनका एक नजिकका साथीले बलिउड हंगामासँगको कुराकानीमा भने, ‘आर्यन कसैसँग धेरै कुरा गर्दैनन् । उनी प्रायः आफ्नो कोठामा बस्छन्, न बाहिर निस्कन्छन् न घुम्छन् । जेलबाट बाहिर आएपछि पनि उनी साथीभाइलाई भेट्न बाहिर निस्केका छैनन् ।

आर्यन पहिले देखि नै धेरै शान्त केटा थियो, तर अब अझै उनि शान्त भएका छन् । आर्यनले जमानत पाएको धेरै दिन भइसक्यो तर उनी अझै पनि ती कुराबाट बाहिर आउन सकेका छैनन् । हालको लागि, परिवारले पनि आर्यनलाई आफ्नो इच्छा अनुसारको काम गर्न अनुमति दिइरहेको छ। यसैबीच किंग खानले छोराको लागि बडीगार्डको खोजीमा रहेको खबर आइरहेको थियो ।

तर हालै एक रिर्पाेटका अनुसार अहिले आर्यनका लागि मात्र बडीगार्ड राख्ने कुनै योजना छैन । अहिले शाहरुख खान मात्रै छोरासँग २४ घण्टा बस्छन् । शाहरुखले आफ्नो सबै सुटिङ तत्कालका लागि स्थगित गरेका छन् । अहिले उनी आफ्नो छोरासँग बस्न चाहन्छन् किनभने आर्यनलाई उनको आवश्यकता छ।

शाहरुख खानले आफ्ना सबै भेटघाटहरू रोकेका छन्, उनी अहिले आफ्नो छोरासँग बस्न चाहन्छन् । किंग खान र गौरी आफ्नो छोरालाई यो आघातबाट बाहिर निकाल्न हरसम्भव प्रयास गर्न तयार देखिएका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement