पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंकाद्धारा जिम्बावे ५ विकेटले पराजित — OSNepal

पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंकाद्धारा जिम्बावे ५ विकेटले पराजित

LC (KTM) January 16, 2022 0

श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा जिम्बावेलाई पराजित गर्न सफल भएको छ ।आइतबार राति भएको खेलमा श्रीलंकाले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो ।जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले एक शुन्यको अग्रता बनाएको छ। जिम्बावेले श्रीलंका समक्षा २ सय ९७ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य श्रीलंकाले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।श्रीलंकाका लागि दिनेश चण्डीमाल र पाथुम निशान्काले समान ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चारिथ अस्लान्काले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । कुशल मेन्डीसले २६ रन जोड्दा कामिन्दु मेन्डीसले १७ रन जोडे।कप्तान डसुन शनकाले अविजित १० रन जोडे ।जिम्बावेका रिचार्डले ३ विकेट लिए । सिकन्दर राजा र ब्लेसिङ मुजराम्बानीले १र१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । जिम्बावेका लागि सिन विलियम्सले १०० रनको शतकीय इनिङ्स खेले।यस्तै रेगिस चिकभाले ७२ रन जोड्दा टाकुजवानेशे काइटानोले ४२ रन बनाए । श्रीलंकाका चामिका करुनारत्नेले ३ विकेट लिए । यस्तै जेफ्री भान्डरसे र नवन दीपले २-२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर