इंग्लिस प्रिमियर लिग :लिभरपुलको शानदार जित — OSNepal

इंग्लिस प्रिमियर लिग :लिभरपुलको शानदार जित

LC (KTM) January 16, 2022 0

निकालेको छ। आइतबार भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३- ० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चाम्बरलिन र ताकुमी मिनामिनोले एक एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।६९ औं मिनेटमा चाम्बरलिन, खेलको ७७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई ३ -० को जित दिलाए । आजको यो जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लन सफ भएको छ।

लिभरपुलले २१ खेलमा ४५ अंक जोडेको छ ।ब्रेन्टफोर्ड २३ अंकका साथ अंक तालिकाको १४ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लिड्सले वेस्ट ह्यामलाई ३-२ गोल अन्तरले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर