उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षणः दक्षिण कोरिया — OSNepal

उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षणः दक्षिण कोरिया

LC (KTM) January 17, 2022 0

एजेन्सी – उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।

‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ । उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाईल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन् ।

उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार ओटाा आणविक हतियार परीक्षण गरेको छ । शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाईल प्रहार गरेको थियो । त्यस्तै उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर