सरकारले लागू गरेको जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गर्यो १८ दिने आन्दोलन — OSNepal

सरकारले लागू गरेको जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गर्यो १८ दिने आन्दोलन

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । कोरोना भाइरसको तेस्रो लहरले तिव्ररुप लिँदा सरकारको निर्देशनलाई अवज्ञा गर्दै सीके राउत नेतृत्वको जनतमत पार्टीले १८ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

किसान आन्दोलनको नाममा जनमत पार्टीले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । हिजो आइतबार बसेको पार्टीको कार्यकारिणी समिति बैठकले यस्तो निणर्य गरेको हो ।

सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको उल्लंघन यो सरकारको निणर्यलाई थप चुनौती दिएको छ ।

किसानको माग पुरा गर्नुपर्छ भन्दै विगत केहि हप्ता देखि आन्दोलन गर्दै आएको यो पार्टीले संक्रमणले तीव्र रुप लिँदा आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

साथै प्रशासनले तोकेको नियम तथा दुरी कायम राखी, मास्क अनिवार्य लगाई आन्दोलनमा सहभागी हुन पनि पार्टीले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर