छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा साढे २ लाख संक्रमितको पुष्टि , ३८५ जना संक्रमितको मृत्यु — OSNepal

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा साढे २ लाख संक्रमितको पुष्टि , ३८५ जना संक्रमितको मृत्यु

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।

त्यसैगरी संक्रमितको संख्या बढ्सँगै ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमतिको ज्यान गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ४५१ जना पुगिसकेको छ । त्यस्तै, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ पुगिसकेको समाचार माध्यमहरुले जनाएका छन् ।

भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या एक दिनमा ६।०२ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर