पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि — OSNepal

पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री आलेको सचिवालयले दिएको जानकारी अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेसँगै उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

मन्त्री आलेको सचिवालयले उनको सम्र्पकमा आएका सबैलाई सर्तकता अपनाउन समेत आग्रह गरिएको छ ।

मन्त्री आले हिजो मात्र बतास समुहले पशुपतीको धर्मशालामा खोलेको होटलको अनुगमन गर्न गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर