हाडजोर्नी दुख्नेहरुका लागी अचुक औषधी हो टिमुर, यस्ता छन् अन्य फाइदाहरु — OSNepal

हाडजोर्नी दुख्नेहरुका लागी अचुक औषधी हो टिमुर, यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) January 17, 2022 0

काठमाडौँ -नेपाली टिमुर अहिले विश्व बजारमा लोकप्रिय हुँदै गएको छ । यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयमेगी हुन्छ ।आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ ।ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ ।

टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रुपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ । गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ । गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर