प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन आज मतदान हुँदै — OSNepal

प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन आज मतदान हुँदै

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । प्रदेश २ को नाम र राजधानीको नाम टुंगो लगाउन आज मतदान हुने भएको छ । पटक पटक सहमतिको प्रयास विफल हुँदा मतदानबाट नाम र राजधानीको नाम टुंगो लगाइने भएको हो ।

मतदान आज दिउँसो १ बजे गर्ने तयारी भइरहेको छ । प्रदेश सभामा सभामुख सहित १०४ जना सासद रहेका छन् । मतदानमा पनि दुई तिहाइको संख्या पुर्याउनुपर्ने भएको छ ।

जसको लागि ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव आएको छ ।

जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ जना सांसद रहेका छन् ।जसले गर्दा आजै टुङ्गो लाग्ने सम्भावना कम भएको स्पष्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर