काठमाडौंमा मदिरा व्यवसाय सञ्चालन गर्दै आएको अग्रवाल परिवार घरमा बाँचिन्छ कि मरिन्छ भन्ने ‘नोट’ छाडेर भए वेपत्ता, खोजी कार्य जारी — OSNepal

काठमाडौंमा मदिरा व्यवसाय सञ्चालन गर्दै आएको अग्रवाल परिवार घरमा बाँचिन्छ कि मरिन्छ भन्ने ‘नोट’ छाडेर भए वेपत्ता, खोजी कार्य जारी

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । काठमाडौंमा विदेशी कम्पनीको मदिरा व्यवसाय सञ्चालन गर्दै आएको एक परिवार नै सम्पर्क विहिन भएको छ ।

काठमाडौंस्थित सिंहदरबारको गेट अगाडी वर्षौ देखि मदिर व्यवसाय सञ्चालन गर्दै आएका ग्रिन लाइन प्राइभेट लिमिटेडका अग्रवालको परिवार सम्पर्क विहिन भएको हो ।

गत पौष २२ गते देखि सम्पर्क विहनि भएको अग्रवाल परिवारले विभिन्न बैंक, वित्तीय संस्था र व्यक्तिबाट अर्बौँ ऋण लिएको र सो तिर्न नसकेपछि काठमाडौं छाड्न बाध्य भएको प्रहरीले जनाएको छ ।

अग्रवाल परिवारले घर छाड्दा घर भित्र एउटा पत्रमा समेत लेखी सो पत्रमा सबैले हस्ताक्षर समेत गरेको प्रहरीले जनाएको छ । पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा अग्रवाल, छोरा अभिषेक र अमित अग्रवालको हस्ताक्षर रहेको छ ।

पत्रमा विभिन्न व्यक्तिबाट मिटर ब्याजमा रकम लिएको र सोही रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेको बताइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको खोजी कार्य तीव्र बनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले दिएको जानकारी अनुसार कल डिटेललगायतका प्राविधिक पाटो हेरिररहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर