गुण्डा नाइके विकास पुन काठमाडौंबाट पक्राउ — OSNepal

गुण्डा नाइके विकास पुन काठमाडौंबाट पक्राउ

LC (KTM) January 17, 2022 0

दाङ-गुण्डा नाइके विकास पुन काठमाडौंमा पक्राउ परेका छन् । दाङका विकासलाई ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएको बताइएको छ । पीडित पक्षले पुनविरुद्ध तीन महिनाअघि मुद्दा दर्ता गराएका थिए ।

पुनलाई दाङ लगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ । पक्राउ परेका पुनलाई दाङलैजान प्रहरीको टोली काठमाडौं आएको बताइएको छ ।

पुनविरुद्ध नदीजन्य पदार्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए ।कुमार घैंटे समूहमा सकृय उनी घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर