जुम्लाको गुठीचौरमा पाँच महिनामा चार लाख राजस्व सङ्कलन — OSNepal

जुम्लाको गुठीचौरमा पाँच महिनामा चार लाख राजस्व सङ्कलन

LC (KTM) January 17, 2022 0

जुम्ला- जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा करिब चार लाख राजस्व सङ्कलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो ।गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन भएको छ । जसमध्ये गाउँपालिकाबाट रु एक लाख ७८ हजार ५६६ सङ्कलन भएको छ । वडाबाट एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ ।

वडा कार्यालयबाट मालपोत, पञ्जीकरण र सिफारिस शीर्षकबाट राजस्व सङ्कलन हुने गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर