कैटरिना पछि ह्यान्सम सुरजसँग बिहे गर्दै टिभि सिरियल नागिनमा अभिनय गरेर रातारात चर्चामा आएकी मौनी राय — OSNepal

कैटरिना पछि ह्यान्सम सुरजसँग बिहे गर्दै टिभि सिरियल नागिनमा अभिनय गरेर रातारात चर्चामा आएकी मौनी राय

LC (KTM) January 17, 2022 0

एजेन्सी-कट्रिना कैफ र अंकिता लोखडेपछि बलिउडकी अर्की अभिनेत्री मौनी राय पनि बिबाह बन्धनमा बाधिने भएकी छन् । ‘नागिन’का उपनामले चिनिने मौनीले यही जनवरीमा आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न लागेको भारतिय मिडियाले जनाएका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी २५ देखि २७ का बिचमा मौनीको विवाह हुनेछ।

मौनीले लामो समयदेखिका प्रेमी सुरज नम्बियारसँग लगनगाँठो कस्न लागेकी हुन्। यो जोडीको बिहे भारतमै हुने बताइएको छ । यसअघि नै विवाह गर्ने मनसाय बनाए पनि यो जोडीको बिहे कोरोनाका कारण रोकिएको थियो ।

विवाहलाई लिएर मौनी अहिले निकै उत्साहित छिन्। उनले विवाहको अधिकांश तयारी पनि थालिसकेकी छन्। नी चाँडै नै मल्टी स्टारर फिल्म ‘ब्रह्मास्त्र’मा पनि देखिने भएकी छन्।मौनीले सन् २०१८ मा अक्षय कुमारसँग फिल्म ‘गोल्ड’बाट बलिउडमा पाइला राखेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर