मुगुमै पहिलो चोटी एक कोरोना संक्रमित मृत्यु — OSNepal

मुगुमै पहिलो चोटी एक कोरोना संक्रमित मृत्यु

LC (KTM) June 01, 2021 0

युद्घबहादुर मल्ल/मुगु -जिल्ला मै पहिलो चोटी कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी परशुराम नेपाली अनुसार छायाँनाथ रारा नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका एक जना जेष्ठ नागरिकको कोरोना संक्रमणबाट जिल्ला मै पहिलो मंगलबार मृत्यु भएको हो ।मृत्यु भएका ७० वर्षिय जेष्ठ नागरिकलाई एक हप्ता अघि ज्वरो,आउने,शरिर दुख्ने,खान मन नलाग्ने र शरिर गल्दै गएपनि जिल्ला अस्पतालमा नल्याएर गाँउघर मै जडिवुटीको औषधी गदै आएपनि मंगलबार श्वास फेर्न असज भएर अवस्था जटिल बन्दै गएपछि उपचारका लागी जिल्ला अस्पतालमा ल्याउदै गर्दा बाटो मै मृत्यु भएको पनि र मृत्यु पश्चात जिल्ला अस्पतालको टोली एन्टिजिन परिक्षण गर्दा पोजेटिप रिपोट आएको थियो ।

बैशाख दोसो्र साताबाट जिल्लामा कोरोना संक्रमितहरु देखिन थालेपनि आजसम्म जिल्लामा कुनै संक्रमितको मृत्यु भएको थिएन । जिल्ला प्रशासन कार्यालय मुगुले मंगलबार दिउसो २ बजेसम्मको जिल्लाको कोभिड १९ दोसो्र लहर संक्रमणको अवस्था बारे जारी गरेको दैनिक प्रतिवेदनमा मंगलबारको परिक्षणमा थपिएका ५ जना संक्रमित सहित मुगु जिल्लामा कोरोना संत्रलमितको सख्या २९४ जना पुगेको छ ।

यस्तै पिसिआर परिक्षण १८ जना,एन्टिजिन परिक्षण १४७७ जना,पिसिआर पोजेटिप ६ जना,जिल्ला बाहिर उपचारका लागी रिफर सख्या २ जना,सस्थागत आईसुलेसनमा १५ जना,होम आईसुलेसनमा १३० जना,निको भएको सख्या १४६ जना, हाल होम आईसुलेसन र सस्थागत आईसुलेनमा रहेको कोरोना संक्रमितको सख्या १४५ जना रहेको र मृत्यु संख्या १ रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर