कोरोना संक्रमित भएपछि भेटघाट बन्द गरेका प्रचण्ड देउवालाई भेट्न बालुवाटार — OSNepal

कोरोना संक्रमित भएपछि भेटघाट बन्द गरेका प्रचण्ड देउवालाई भेट्न बालुवाटार

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज सोमबार भेटवार्ता भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै अध्यक्ष प्रचण्डको यो पहिलो भेटवार्ता हो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मंगलबार अपरान्ह्र चार बजेका लागि पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्ने दुई नेताबिच सहमति भएको बताइएको छ । पार्टीको आठौं महाधिवेशन पछि कोरोना संक्रमित भएका प्रचण्ड आइसोलेसनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर