पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई मङ्गलबार बुस्टर डोज लगाइने — OSNepal

पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई मङ्गलबार बुस्टर डोज लगाइने

LC (KTM) January 17, 2022 0

ललितपुर- नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।” सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिनुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर