मातातीर्थ घर भएका रोशन रिजालको यी दाजुभाईले गरे हत्या — OSNepal

मातातीर्थ घर भएका रोशन रिजालको यी दाजुभाईले गरे हत्या

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । काठमाडौंस्थित गुर्जुधारामा एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ ।चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको चक्कु प्रहारबाट ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीले दिएको जानकारी अनुसार हत्या संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक दाजुभाईलाई पक्राउ गरेको छ ।
सामान्य विवादमा झगडा निज दाजुभाईहरुले रिजाललाई चक्कु हानेका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरुबिच यस अघि पनि झगडा भएको थियो । अहिले शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर