बोलेरो जीप दुर्घटना हुँदा घाइते भएका कृष्णको हेलिकप्टरमार्फत काठमाडौँको लगियो — OSNepal

बोलेरो जीप दुर्घटना हुँदा घाइते भएका कृष्णको हेलिकप्टरमार्फत काठमाडौँको लगियो

LC (KTM) January 17, 2022 0

रामपुरबाट ओखलढुङ्गा आउने क्रममा सोमबार बिहान थापाचौरस्थित स १ ज १८२३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा घाइते भएका सवारी चालक कृष्णप्रसाद दाहाल ९जिरे०को ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको न्यूरो अस्पताल लगिँदै । जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दूरसञ्चार सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन् : मन्त्री कार्की-सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो आधारभूत सेवाबाट कोही पनि नागरिक बञ्चित हुने अवस्था आउन नदिन तदारुकताका साथ योजना कार्यक्रमको कार्यान्वयन हुनुपर्दछ भन्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा विलम्ब नगरी यस वर्षका योजना र कार्यक्रमको कार्यान्वयन गर्न सो अवसरमा निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना भनेर ढिलासुस्ती नगर्नुहोला, कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्छ । प्राधिकरणलाई आवश्यक नीतिगत सहयोग गर्न सरकार तयार छ ।” मन्त्री कार्कीले सबैले आफ्ना अधिकार र कर्तव्य बोध गरेमात्रै विकासको परिकल्पना पूरा गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले दूरसञ्चार क्षेत्रको विकास, विस्तार र विश्वसनीयताका लागि नियमनकारी निकाय र सेवाप्रदायक कम्पनीबीच समन्वय बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नयाँ दूरसञ्चार ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको एवं दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीति र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गरी नयाँ सूचना प्रविधि नीति ल्याउन पहल भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणबाट सम्पादित विभिन्न कार्यक्रमका बारेमा जानकारी दिँदै दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन आवश्यक नीतिगत सुधारका बारेमा प्रकाश पार्नुभयो । दूरसञ्चार सेवालाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले स्वशासित र सङ्गठित स्वतन्त्र नियामक निकायका रुपमा २०५४ फागुन २० गते प्राधिकरणको स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर