यस कारण प्रचण्ड र विप्लव उस्तै हुन् : मोहन वैद्य — OSNepal

यस कारण प्रचण्ड र विप्लव उस्तै हुन् : मोहन वैद्य

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव उस्तै भएको टिप्पणी गरेका छन् । सोमबार आफ्नो पार्टीमा प्रवेश गराउने एक कार्यक्रममा नेता वैधले यस्तो टिप्पणी गरेका हुन् ।

विप्लव र गोपाल किराँतीको पार्टी परित्याग गरि आफ्नो पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई स्वागत गर्ने क्रममा उनले क्रान्तिकारी धारको नेतृत्व आफ्नो पार्टीले
गरेको दावी समेत गरेका छन् ।

‘आखिरमा आएर जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नुभयो, प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्ने । विप्लवजीले पनि जनतमसंग्रहबाट शान्तिपूर्ण समाजवाद आउँछ भन्ने । आखिर प्रचण्ड जी र विप्लवजीको रहेछ के त ? यो कुरा छर्लङ्ग हुँदै गइरहेको छ।’ नेता वैधले भने ।

कम्युनिष्ट आन्दोलनमा अवसरवाद जमेर बसेको टिप्पणी गरेका उनले कम्युनिष्टको नाममा विचारलाई प्रदुषित तुल्याउने काम भैरहेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर