लामो प्रयास पछि प्रदेश २ को राजधानी जनकपुर कायम — OSNepal

लामो प्रयास पछि प्रदेश २ को राजधानी जनकपुर कायम

LC (KTM) January 17, 2022 0

जनकपुर ३ माघ। अन्तत लामो प्रयास पछि प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन आज सोमबार भएको मतदानमा १०४ जना सांसदमध्ये सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

यो संख्या दुई तिहाई भन्दा बढी रहेको छ । प्रदेश २ को राजधानीको टुंगो लागेसँगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार अब प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर