पति बिक्कीलाई मिठा मिठा परिकार पकाएर खुवाउदै कट्रीना — OSNepal

पति बिक्कीलाई मिठा मिठा परिकार पकाएर खुवाउदै कट्रीना

LC (KTM) January 17, 2022 0

यतिबेला बलिउडको नवविवाहित जोडी विक्की कौशल र कट्रिना कैफको जोडीलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । हालै कट्रिना र विक्की हनिमुनबाट फर्किएका छन् । परम्परागत चलनअनुसार पहिलो पटक आफ्नो घरमा कट्रिनाले भान्साको पहिलो संस्कार पूरा गरेकी छिन् । जहाँ कट्रिनाले विक्कीको लागि मिठाईको रुपमा आफ्नै हातले हलुवा बनाएकी छिन् ।

कट्रिनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा हलवाको तस्बिर सेयर गरेर फ्यानहरूलाई आफ्नो खाना पकाउने सीप बारे जानकारी समेत गराएकी छिन् । विक्कीले आफ्नो पत्नी कट्रिनाले बनाएको हलुवाको खुलेर तारिफ गरेका छन् । विक्कीले हलुवाको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै स्वादिष्ट भएको बताएका छन् । विक्कीले आफ्नो इन्स्टाग्राम स्टोरीमा चुम्बन इमोजीको साथ अहिलेसम्मकै उत्कृष्ट हलुवा भनेर लेखेका छन् । यो जोडीलाई फ्यानहरुले सामाजिक सञ्जालमा निकै मन पराइएको छ ।

फ्यानहरूले पनि यसबारे टिप्पणी र प्रतिक्रिया दिनबाट आफूलाई रोक्न सकिरहेका छन् कट्रिनाप्रति विक्कीको माया देखेर पनि फ्यानको मन छोएको छ । विक्कीले हलुवाको कचौराको तस्बिर राखेका छन्, जसले कट्रिनासँग विवाह गर्न पाउँदा विक्की निकै खुसी भएको देखाएको छ । यि प्रेमिल जोडीहरुको तस्बीरमा फ्यानहरुले लभ रिएक्ट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर