प्रधानमन्त्री देउवाले मन्त्रिहरुको हेरफेर गर्दै, देउवाको नजरमा प्रकाशमान र सुजता, सुजताको आँखा उद्योग मन्त्रालयतिर — OSNepal

प्रधानमन्त्री देउवाले मन्त्रिहरुको हेरफेर गर्दै, देउवाको नजरमा प्रकाशमान र सुजता, सुजताको आँखा उद्योग मन्त्रालयतिर

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा हेरफेर गर्ने भएका छन् । माघ १२ गते राष्ट्रिउ सभाको निवार्चन सकिए लगत्तै देउवाले केहि मन्त्रीहरुको हेरफेर गर्ने भएका हुन् ।

रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैले नै सम्हाल्दै आएका देउवाले आफुलाई पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको लागि किनै समर्थन गरेका नेता प्रकाशमान सिंह र नेत्रृ सुजता कोइरालालाई मन्त्री बनाउने लगभग पक्का भएको बुझिएको छ ।

कम्तिमा एक मन्त्रालय नेता सिंहको सिफारिसमा बनाउने तयारीमा लागेका देउवाले
सुजतालाई मन्त्री बनाउने लगभग निश्चित जस्तै भएको बुझिएको छ । देउवा अहिले प्रकाशमान सिंह र सुजाता कोइराला दुवैसँग परामर्श गर्न सुरु गरेका बालुवाटार स्रोतले जनाएको छ ।

तथापी , नेता सिंह भने सरकारमा जान मानेका छैनन् उनले आफ्नो समुहबाट कसैलाई अगाडी बढाउने देखिएको छ । यता सुजताले भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय माग्दै आएको पनि स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर