क्यान्सरको जोखिम कम गर्छ रायोको सागले , यस्ता छन् अन्य अचम्मका फाइदाहरु — OSNepal

क्यान्सरको जोखिम कम गर्छ रायोको सागले , यस्ता छन् अन्य अचम्मका फाइदाहरु

LC (KTM) January 17, 2022 0

काठमाडौं । अहिले रायोको सिजन हो । साग खान मन पराउने सबैको भान्सामा यो पाकेको हुन्छ । पकाउन सजिलो, सजिलै उपलब्ध र स्वादिलो हुने भएकाले रायो अधिकांशको रोजाइमा पर्छ । साग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय मानिसले खानामा अनिवार्य साग चाहिन्छ । साग बिनाको खाना खल्लो महसुस गर्छन् । तर, कोहीलाई साग मनै पर्दैन । स्वास्थ्यका लागि मन नपरे पनि खाने गर्नुपर्छ । रायो, चम्सुर, पालुङ्गो सागका आ–आफ्नै फाइदा हुन्छ । यहाँ चर्चा गर्न खोजिएको विषयमा हो सायोको साग खाँदा हुने फाइदाकाबारेमा ।

रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ । रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।जाडोमा बाथ रोगी र वृद्धवृद्धामा हड्डी दुख्ने समस्या बढी हुन्छ । रायोमा पाइने कपरले बाथ कम गर्छ । रायो भिटामिन ‘सी’को राम्रो स्रोत भएकाले रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ । रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ । नियमित रायो साग खाँदा क्यान्सरको जोखिम कम हुन्छ । यसमा पाइने भिटामिन ‘के’ले नाक, पेट मुख, कलेजो, प्रोस्टोनको क्यान्सर लाग्ने जोखिम कम गर्छ ।यसले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर