नगर प्रमुख भुसालसहित कर्मचारीलाई कोरोना भएपछि सन्धिखर्क नगरपालिका बन्द — OSNepal

नगर प्रमुख भुसालसहित कर्मचारीलाई कोरोना भएपछि सन्धिखर्क नगरपालिका बन्द

LC (KTM) January 17, 2022 0

अर्घाखाँची, ३ माघ-नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।

कोरोनाको संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले ४ देखि ७ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । प्रमुख प्रकाशकीय अधिकृत अर्यालले साेमबार सूचना जारी गर्दै नगरपालिका कार्यालयको बैठकले ७ माघसम्म सेवा बन्द गर्ने निर्णय गरेको बताए ।

कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।

“कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ,” पराजुलीले भने, “नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ । शायद बाहिर परीक्षण गर्नुभएकाे होला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर