नेपालमा भुसको आगो सरी फैलियो कोरोना, आज थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि , निको हुनेको संख्या न्युन — OSNepal

नेपालमा भुसको आगो सरी फैलियो कोरोना, आज थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि , निको हुनेको संख्या न्युन

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा गरी ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर ३० हजार ८ सय ७७ जना कोरोना संक्रमति रहेका छन् ।

केहि दिन यता नेपालमा भुसको आगो सरी फैलिएको कोरोनाले जनजिवनलाई त्रसित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर