नेपालमा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार नाग्यो — OSNepal

नेपालमा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार नाग्यो

LC (KTM) January 17, 2022 0

काठमाडौँ, ३ माघ- नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर