कोरोनाको हटस्पोट बन्दै काठमाडौं, आज पनि नपत्याउने गरी ह्वात्तै बढे संक्रमित — OSNepal

कोरोनाको हटस्पोट बन्दै काठमाडौं, आज पनि नपत्याउने गरी ह्वात्तै बढे संक्रमित

LC (KTM) January 17, 2022 0

काठमाडौँ, ३ माघ-नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ ।पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्। यो सँगै काठमाडौं उपत्यकामा सकृय संक्रमितको संख्या १९ हजार ३८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर