राजधानी टुंगो लागेसँगै प्रदेश २ मा नामका लागि गोप्य मतदान शुरु — OSNepal

राजधानी टुंगो लागेसँगै प्रदेश २ मा नामका लागि गोप्य मतदान शुरु

LC (KTM) January 17, 2022 0

राजधानी टुंगो लागेसँगै प्रदेश २मा नामका लागि गोप्य मतदान शुरु

जनकपुरधाम ३ माघ । प्रदशे २ को राजधानी जनकपुर कायम भएपछि अहिले प्रदेशको नामको लागि गोप्य मतदान सुरु भएको छ ।

पहिलो चरणको मतदानमा राजधानीको नाम टुंगो लागेपछि अहिले दोस्रो चरणमा प्रदेशको नामको लागि मतदान सुरु भएको हो ।

प्रदेशको नाममा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी जानकी राख्नसपर्छ भन्ने अडानमा छन् भने , नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी मधेस राख्नुपर्छ भन्ने अडान लिएको छ ।

साथै कांग्रेसलेभने प्रदेशको नाम मिथिला–भोजपुरा राख्नुपर्ने भन्दै आएको छ ।

यो पनि…

लामो प्रयास पछि प्रदेश २ को राजधानी जनकपुर कायम

जनकपुर ३ माघ। अन्तत लामो प्रयास पछि प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन आज सोमबार भएको मतदानमा १०४ जना सांसदमध्ये सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

यो संख्या दुई तिहाई भन्दा बढी रहेको छ । प्रदेश २ को राजधानीको टुंगो लागेसँगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार अब प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर