एक पछि अर्को बतासलाई समुहलाई लाग्दैछ झड्का , पशुपति धर्मशालाको सम्झौता खारेज गर्न सिफारिस — OSNepal

एक पछि अर्को बतासलाई समुहलाई लाग्दैछ झड्का , पशुपति धर्मशालाको सम्झौता खारेज गर्न सिफारिस

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । बतास समुहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालाको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम आलेले धर्मशालाको अनुगमन गरेका थिए ।

मन्त्री आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

छानविन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई सोमबार प्रतिवेदन बुझाएका छन् ।

मन्त्री आलेलाई कोरोना संक्रमण भएपछि मन्त्रालयका सचिव न्यौपानेलाई प्रतिवेदन बुझाइएको हो । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुवेदीले सम्झौता सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको बताएका छन् ।

प्रतिवेदनमा नेपाल-भारत मैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्विकृत विना गरिएको देखिएको उल्लेख गरिएको छ ।

सम्झौता विपरीत बेड संख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृतिविना संरचनाहरू थप गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको , धर्मशालामा विभिन्न अफिसहरु राखिएको लगायतका कारणले शर्तहरु पालना नगरेको भन्दै कानुन बमोजिम सम्झौता रद्ध गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर