सभापति बन्दा समर्थन गरेका प्रकाशमानलाई देउवाले दिने भए मन्त्री उपहार — OSNepal

सभापति बन्दा समर्थन गरेका प्रकाशमानलाई देउवाले दिने भए मन्त्री उपहार

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको ६ महिना नाघेपछि मन्त्रिपरिषद्लाई पुर्णता दिने भएका छन् ।

राष्ट्रिय सभाको निवार्चन सकिएलगत्तै मन्त्री हेरफेर गर्न लागेका प्रधानमन्त्री देउवाले आफुलाई सभापति हुन सघाउने नेता प्रकाशमान सिंहलाई मन्त्री बनाउने निश्चित भएको छ ।

हाल रक्षा र उद्योग मन्त्रालय आफैले सम्हालेका देउवाले सिंहलाई एक मन्त्रालय दिने भएका हुन् । यदि सरकारमा आउने सिंह नमाने उनको रोजाईमा एक मन्त्री नियुक्त गरिने बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सिंहलाई गृह मन्त्रीको जिम्मा दिइने बुझिएको छ । वत्ृमान गृहमन्त्री बालकृष्ण खाँडलाई रक्षा मन्त्रालयमा तानिने भएको छ ।

साथै रिक्त रहेको उद्योग मन्त्रालयमा भने राज्यमन्त्री उमेश श्रेष्ठलाई पठाउने तयारी भएको पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर