एमालेको सर्कुलर : २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्नू — OSNepal

एमालेको सर्कुलर : २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्नू

LC (KTM) January 17, 2022 0

काठमाडौं, ३ माघ-एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो ।

साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ ।

यस्तो छ सर्कुलर

नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ । साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर