डण्डीफोर हटाउन देखि क्यान्सरबाट बचाउन घ्युकुमारी सेवन गर्दा हुने छन् अचुक फाइदा — OSNepal

डण्डीफोर हटाउन देखि क्यान्सरबाट बचाउन घ्युकुमारी सेवन गर्दा हुने छन् अचुक फाइदा

LC (KTM) January 17, 2022 0

काठमाडौं । घ्युकुमारीमा औषधीय गुण रहेको हुन्छ । यसको सेवन र प्रयोगले विभिन्न स्वास्थ्य समस्या समाधानमा सहयोग गर्छ । कब्जियतलाई ठिक पार्न घ्युकुमारी पानीमा मिसाएर खानु पर्छ । अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ । घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ । घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन । शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् । उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ ।

घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ । शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तत्व हुन्छ । घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ । गिजाका रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ ।

पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन । अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै जान्छ । आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ । अनुहार फुस्रो छ भने घ्युकुमारी दल्ने गर्नाले अनुहार चिल्लो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर