विमा कम्पनीले समेत विमा गर्न नमान्ने दुखेसो पोखेका नेपालका रेस्लर मुना र युवराज भन्छन् - सरकारले समेत कुनै सहयोग गरेन हेनुहोस् यो भिडियो — OSNepal

विमा कम्पनीले समेत विमा गर्न नमान्ने दुखेसो पोखेका नेपालका रेस्लर मुना र युवराज भन्छन् – सरकारले समेत कुनै सहयोग गरेन हेनुहोस् यो भिडियो

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । नेपालका चर्चित रेस्लर युवराज गिरीले आफ्नो १४ वर्षको यात्रा रेस्लिङमा बिताइसकेका छन् । उनले यो यात्रामा नेपाल सरकारले सहयोग नगरेको भन्दै दुखेसो पोखेका छन् ।

ओएस नेपालको इन्टरनेसनल डिसर्कोसमा पत्रकार एचबी ताम्राकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । रिङ भित्र र्छिदा ज्यान नै वाजी मारेर जाने यो खेलमा सरकारले हुने सहयोग नगरेको उनले बताएका छन् ।

साथै कुनै पनि विमा कम्पनिले विमा समेत नगर्ने दुखेसो पोखेका गिरीले विमा मात्र गरिदिए नि सहयोग हुने बताएका छन् ।

त्यसैगरी, अर्की रेस्लर महिला (द लेडी ड्रयागन ) को नामले परिचित मुना श्रेष्ठले हालै मात्र हेब्बी ओइट च्यापियनसिप जितेकी श्रेष्ठ बच्चाकी आमा समेत हुन् ।उनले भनेकी छन् , ‘जंगलमा राति एक्लै हिड्नु भनेको केको सिकार बन्ने भने झैं रिङ भित्र जादा पनि ज्यान माया मारेर जानुपर्छ’ ।

उनले पनि कुनै विमा कम्पनिले पनि विमा गर्न नमानेको भन्दै सरकारले कुनै किसिमको सहयोग नगरेको दुखेसो पोखेकी छन् । नेपालमा अझै पनि रेस्लिङ बारे थाहा नभएको र प्रचार प्रसारको समेत भएको उनको भनाइ रहेको छ ।

तथापी, घाइते भएर जाँदा अस्पतालहरुले भने सहयोग गरेको बताएकी छन् । राज्यलाई कर तिरे पनि राज्यले रेस्लिङ खेलको लागि हुने पहल नगरेको भन्दै यसरी पोखे दुखेसो पत्रकार एचवी ताम्राकारसँगको यो कुराकानी ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर