मानहुँकोट बतास समुहलाई लिजमा दिने प्रक्रिया तत्काल अगाढी नबढाउन सर्वोच्चले दियो अन्तरिम आदेश — OSNepal

मानहुँकोट बतास समुहलाई लिजमा दिने प्रक्रिया तत्काल अगाढी नबढाउन सर्वोच्चले दियो अन्तरिम आदेश

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ । बतास समुहलाई तत्काल तनहुँको पर्यटकीय स्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया अगाढी नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहिबार अधिवक्ता रामचन्द्र पौडेलले ऐतिहासिक पर्यटकीय स्थान मानहुकोटलाई विशुद्ध व्यापारिक प्रयोजनको लागि बतास समूहको व्यास हिल्स प्रा।लि।लाई अत्यन्तै सस्तोमा लिजमा दिन लागिएको भन्दै नगरपालिकाविरुद्ध रिट दायर गरेका थिए ।

सो रिटमा आज
सोमबार न्यायाधिश इश्र्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काल यो प्रक्रिया अगाढी नबढाउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३, ऐ.नियमावली, २०६४ स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ तथा परिच्छेद १३ विपरित सार्वजनिक सम्पत्ति दिने प्रक्रिया अगाडि बढाइएको उक्त रिटमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर