सिद्धिचरण लोकमार्गको कटारी खण्डमा जीप दुर्घटनाः एक मृत्यु, पाँच जना घाइते — OSNepal

सिद्धिचरण लोकमार्गको कटारी खण्डमा जीप दुर्घटनाः एक मृत्यु, पाँच जना घाइते

LC (KTM) January 17, 2022 0

उदयपुर, ३ माघ-सिद्धिचरण लोकमार्गको कटारी मरुवा खण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्वर ८ मा पर्ने सिरिरे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा कटारी नगरपालिका– ८ पाखाटोलका ३८ वर्षे बिक्रम रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए । दुर्घटनामा गम्भिर घाइते भएका रानामगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा कटारी नगरपालिका– ८ पट्नाभज्याङकी ३० वर्षे दिलमाया मगर, १७ वर्षे मनोज खड्का, घुम्तिकै दिपक श्रेष्ठको सात वर्षे छोरा दिबश श्रेष्ठ, ४८ वर्षकी बुद्धमाया श्रेष्ठ, ३६ वर्षीय बेदकुमारी थापा मगर रहेको र घाइते सबैको उपचार कटारी अस्पतालमा भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बोलेरो चालक कटारी नगरपालिका– ८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकाले खोजी भइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर