रेस्लर खेलाडीहरुको पीडा : बिमा कम्पनिले जिवन बिमा समेत गर्न डराउँछन् , सरकारले हेर्ने कुरा त परकै भयो — OSNepal

रेस्लर खेलाडीहरुको पीडा : बिमा कम्पनिले जिवन बिमा समेत गर्न डराउँछन् , सरकारले हेर्ने कुरा त परकै भयो

LC (KTM) January 17, 2022 0

नेपालमा सबै खेलकूदका बिद्याले गति लिईरहेको अवस्था छ । फुटबललाई मात्र खेल मानिने गरिएको परिप्रेक्ष्यमा अहिले बिस्तारै क्रिकेट, टेबल टेनिस, भलिबल, गल्फ लगायतका खेलहरु ब्यवसायिक बन्दै गएका छन् । अचम्म लाग्दो कुरा त के छ भने बिश्वमा धेरै हेरिने गरिएको रेस्लिंग खेल भने नेपालमा छ र भन्ने अवस्थामा रहेको छ ।

यसै सन्दर्भमा नेपालको प्रतिनिधित्व गरिसकेका बिभिन्न रेस्लरहरुले सरकारको चासोमा रेस्लिंग पर्न नसकेको गुनासो गरेका छन् । लामो समय देखि रेस्लिंग खेलिरहेका द युब नामले परिचित युवराज गिरीले यस खेललाई सरकारले चासो नदिएको गुनासो गरेका छन् । अरु त परै जाओस बिमा कम्पनिहरुले समेत रेस्लरहरुको जिवन बिमा नगरिदिने गरेको दाबी गरे ।

यति समस्याका बाबजुद पनि दर्शकले भने अचेल अलि चासो देखाउन थालेको उनको ठम्याई रहेको छ । त्यस्तै अर्कि महिला रेस्लर मुना श्रेष्ठ द लेडी ड्रागनका नामले परिचित छिन् । उनले महिलाका लागि त योे खेल झन् चुनौतीपुर्ण रहेको बताईने । उनि भन्छिन्– म एउटी आमा हो । मलाई एकदमै गाह्रो छ । तर पनि मैदान छिरे पनि कि मर्छु कि मार्छु भनेर उत्रिनु पर्छ । मुना लाई नेपालको नाम अन्र्तराष्ट्रिस्तरमा चम्काउने मन रहेको छ । यसैक्रममा ओएस नेपालले युवराज मुना सहित ४ जना रेस्लरहरु संग गरेको कुराकानी तलको लिंकमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर