काेभिडकै बीच पाेखरामा आहा रारा गाेल्ड कप, एक तिहाइ मात्र दर्शक — OSNepal

काेभिडकै बीच पाेखरामा आहा रारा गाेल्ड कप, एक तिहाइ मात्र दर्शक

LC (KTM) January 18, 2022 0

पाेखरा, ४ माघ-काेभिड-१९ संक्रमण तीब्र भएकै समयमा पाेखराकाे ठूलाे फुटबल प्रतियाेगिता आहा रारा गाेल्डकप बिहिबारदेखि सुरु हुने भएकाे छ ।

आयाेजक सहारा क्लब पाेखराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता सञ्चालनकाे जानकारी गराइएकाे हाे । स्टेडियमकाे क्षमताकाे तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियाेगिता गर्न लागेकाे आयाेजकले जनाएकाे छ ।

२०औँ संस्करणमा १० टीमकाे सहभागिता रहनेछ । आयाेजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गाेल्डकप ठूलाे प्रतियाेगिता हाे ।

प्रतियाेगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएकाे एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् । १९औँ संस्करणकाे उपाधी संकटा क्लबले जितेकाे थियाे । उद्घाटन खेलमा आयाेजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर