आफ्नो परिवारलाई थाँहै नदिइ यस्तो काम गर्दै गायक राजु लामा — OSNepal

आफ्नो परिवारलाई थाँहै नदिइ यस्तो काम गर्दै गायक राजु लामा

LC (KTM) January 18, 2022 0

काठमाडौं–‘द भ्वाइस किड्स’ कोच तथा चर्चित गायक राजु लामाले सगरमाथा चढ्ने घोषणा गरेका छन्। शनिबार भएको ‘द भ्वाइस किड्स’को फाइनलमा राजु लामाले आफूले सगरमाथा चढ्ने घोषणा गरेका हुन् । उनले यो कुरा आफ्नो परिवारलाई पनि थाहा नभएको र आफुले यहीँबाट सगरमाथा चढ्ने घोषणा गरेको बताएका छन् । उनले मौसम परिवर्तनको मुद्दालाई लिएर सगरमाथा चढ्न लागेको बताएका छन्।

उनले भने, ‘अहिले हाम्रो हिमाल, हिम नदीहरु पग्लिएको छ। जसले थुप्रै प्राकृतिक प्रकोप ल्याएको छ। मौसमी परिवर्तनका कारणले हाम्रो जीवनमा कस्तो असर गर्छ भन्ने कुरालाई लिएर जनचेतना दिने हिसाबले सगरमाथा चढ्न लागेको हुँ।’

नेपाली सांगितिक क्षेत्रसँगै देशको प्रतिनिधित्व गर्दै मौसम परिवर्तनको सन्देश लिएर सगरमाथा चढ्ने उनले बताएका छन् । लामाले नेपाली सांगितीक क्षेत्रमा दर्जनौ गीत गाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर