बिराट कोहलीकी पत्नी तथा नायिका अनुष्का शर्माले अभिनेता रणबीर कपुरलाई यसरी चड्काइन् — OSNepal

बिराट कोहलीकी पत्नी तथा नायिका अनुष्का शर्माले अभिनेता रणबीर कपुरलाई यसरी चड्काइन्

LC (KTM) January 18, 2022 0

अनुष्का शर्मा र रणवीर कपुर दुवै बलिउडका सबैभन्दा मन पराइएका कलाकारहरुमा पर्ने गरेका छन् । दुबै करण जोहरको फिल्म ‘ए दिल है मुश्किल’ मा सँगै देखिएका थिए । दुबैको मित्रता पनि अचम्मको छ । दुवैजना कुनै कार्यक्रम वा सँगै शोमा जाँदा खुब रमाइलो पनि गर्छन् । तर कहिले काँही रणवीरले अनुष्कालाई पनि रिस उठाउँछन्, अब रणवीरले यस्तो गरे भने नायिकाले कडा थप्पड हान्नु पर्छ भन्ने सोचेकी थिईन् र अनुष्का शर्माले गरिन् पनि त्यस्तै ।

अनुष्काले रणवीरलाई साँच्चिकै थप्पड हानेकी थिईन् । अनुष्कालाई रिसाउन रणबीर कहिले उनको हातमा हाच्छ्युँ गर्छन्, कहिले कपडामा हात पुछ्छन् । दुवैको बारेमा एउटा हास्यास्पद किस्सा प्रसिद्ध छ। एकपटक दुवै जना फिल्म निर्देशक करण जोहरको फिल्म ‘ए दिल है मुश्किल’ को प्रमोशनका क्रममा रेडियो अन्तर्वार्तामा गएका थिए । त्यही क्रममा त्यहाँ उपस्थित मानिसहरु अचम्ममा परेका थिए । अनुष्का रणबीरसँग यति रिसाईन् कि उनले थप्पड माथि थप्पड हानेकि छिन् ।

तर अनुष्काले यो थप्पड गम्भीर भएर मारेकि भने होईनन् । केही समयपछि भिडियोमा अनुष्काले रणवीरको घाँटीमा कलम लगाएर केही लेखेको देखियो । दुबैको यो कार्य देखेर रेडियो स्टेसनमा उपस्थित सबैले खुब रमाइलो गरेको र हाँसेको पनि देखियो । फिल्मको कुरा गर्ने हो भने ‘ए यो है मुश्किल’ बाहेक यी दुई ‘सञ्जु’ र ‘बम्बे भेलभेट’ जस्ता धेरै फिल्ममा सँगै देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर