लुम्बिनी विकास बैंकद्वारा सहारा फुटबल एकेडेमीलाई दुई लाख ४३ हजार आर्थिक सहयोग — OSNepal

लुम्बिनी विकास बैंकद्वारा सहारा फुटबल एकेडेमीलाई दुई लाख ४३ हजार आर्थिक सहयोग

LC (KTM) January 18, 2022 0

गण्डकी, ४ माघ -लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो ।

बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड र महेन्द्रपुल शाखाका शाखा प्रबन्धकद्वय बलबहादुर ढकाल र गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । एकेडेमीमा हाल १५ जिल्लाका २४ बालक रहेको क्लबका उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिनुभयो । सहारा क्लबले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षणसमेत दिँदै आएको छ ।

क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दैआएको छ । लुम्बिनी विकास बैंकले सातवटै प्रदेशमा ७९ शाखामार्फत २०७८ पुस मसान्तसम्म रु ४२ अर्ब ३८ करोड निक्षेप सङ्कलन गरी रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले “निरन्तर सहयात्रा” नाराका साथ देशभरका ३१ जिल्लामा ७९ शाखा र १७ एटिएमबाट करिब तीन लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको छ । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा क्लब पोखरालाई सहयोग रकम हस्तान्तरण गरेको बैंकका पोखरास्थित न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर