२०७९ को पात्रो तयार : माघ १५ बाट बजार आउँदै, विवाहका ५६ वटा लगन जुर्यो — OSNepal

२०७९ को पात्रो तयार : माघ १५ बाट बजार आउँदै, विवाहका ५६ वटा लगन जुर्यो

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को पात्रो तयार पारेको छ ।

समितिले अगामी वर्षको पात्रो यही माघ १५ गते सम्म बजारमा ल्याउन विभिन्न १४ वटा पात्रोलाई स्वीकृत दिएको छ ।

समितिले तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रोलाई स्वीकृति दिने निर्णय गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको २०७९ सालको पात्रोमा विवाहका ५६ वटा लगन जुरेको छ , भने व्रतवन्धको लागि भने हरे महिनामा लगन जुरेको छ ।

त्यसैगरी, हिन्दुहरुको महान पर्व वडादशैं आगामी वर्ष असोज १९ गते परेको छ । जसअनुरुप सोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी परेको छ ।

त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर