नेत्रृ पद्या अर्यालको प्रधानमन्त्री देउवालाई चुनौती : आफ्नो ६ महिने कार्यकालको प्रगति विवरण संसदमा पढेर सुनाउनुहोस् — OSNepal

नेत्रृ पद्या अर्यालको प्रधानमन्त्री देउवालाई चुनौती : आफ्नो ६ महिने कार्यकालको प्रगति विवरण संसदमा पढेर सुनाउनुहोस्

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । नकेपा एमालेकी सचिव पद्या अर्यालले एमाले फुटाउने मुख्य मतियार सभामुख अग्निप्रसाद सापकोटा भएको आरोप लगाएकी छन् ।

एक कार्यक्रममा सहभागी भएकी उनले सापकोटाले एमाले फुटाउनको लागि गलत हर्कत भन्दै यस्तो आरोप लगाएकी हुन् । एमाले दिएको सुचना संसदमा नटाँसेको भन्दै उनले समामुखलाई कुनै विषेशाधिकार नदिएको उनको ठहर छ ।

‘दलले कारवाही गरेका गैर सांसद राखेर संसद चलाउनु हुँदैन भनेर एमालेले संसदमा भनेको हो ।’ उनले कार्यक्रममा भनिन् ।

हाम्रा जनप्रतिनिधिहरु अहोरात्र कोरोना नियन्त्रणको लागि दावी गरेकी समेत उनले गरेकी छन् । आफुले मागेको जवाफ नआए सम्म संसद अवरोध गरिरहन्छौं समेत उनले बताएकी छन् ।

माघ १६ गते प्रधानमन्त्री शेरबहुर देउवाले आफ्नो ६ महिनाको प्रगित विवरण पढेर सुनाउन चुनौती दिएकी उनले देउवाल आफ्नो प्रगति विवरण पढेर सुनाउन नसक्ने दावी समेत गरेकी छन् ।

केपी ओलीलाई सत्ताबाट फ्याक्न दुषित मनासयका साथ यो सरकार गठवन्धन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर