शेखरले दिए देउवालाई चुनौती : अब चुप लागेर बसिँदैन — OSNepal

शेखरले दिए देउवालाई चुनौती : अब चुप लागेर बसिँदैन

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर एक्लै अगाडी बढे चुप लागेर नबस्ने बताएका छन् ।

१४ औं महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएका कोइरालाले अब चुप लागेर नबस्ने बताएका हुन् । राष्ट्रिय सभाको निवार्चन लगत्तै देउवाले मन्त्रीहरुको हेरफेर गर्ने भएका छन् ।

आफुलाई १४ औं महाधिवेशनमा सभापति हुन समर्थन गरेका नेता प्रकाशमान सिंह र नेत्रृ सुजता कोइरालालाई मन्त्री बनाउने लगभग पक्का भइ सकेको छ ।

पार्टीलाई विधिसम्मत् चलाउनुपर्ने र गुटको राजनीति गर्न नहुने जोड दिएका कोइरालाले अब पनि देउवाले मनोमानी गरे सहेर नबस्ने चेतावनी दिएका छन् ।

यस अघि नै कोइरालाले पार्टीलाई विधिसम्मत चलाए पार्टीमा आफ्नो समुहले भागवण्डा नखोज्ने समेत स्पष्ट पारिसकेका छन् ।

वैशाखमा हुने स्थानीय निवार्चनमा नजिकिदै गर्दा कांग्रेस भित्र नै आन्तरिक विवाद उत्कर्षमा पुग्ने होकि भन्ने आंकल समेत गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर