अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप नेपालमा तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आयो : आयल निगम — OSNepal

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप नेपालमा तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आयो : आयल निगम

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आएको जानकारी दिएको छ ।

निगमले मंगलबार एक विज्ञप्ती जारी गर्दै संचित रकम सकिएकाले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको बताएको छ ।

‘निगमसँग संचित बचत शू्न्यको अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थिति देखिएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

यसको व्यवस्थापनका लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको बताएको निगमले विज्ञप्ती मार्फत आउँदा दिनमा केही मूल्य समायोजन गरिएता पनि महिनाको करिब ४ अर्ब रुपैयाभन्दा बढी मासिक घाटा रहिरहने देखिएको हुँदा आगामी ३ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिको उल्लेख गरेको छ ।

जारी विज्ञप्तीमा अघि उल्लेघ गरिएको छ , ‘नेपाल र भारतको स्थानीय बजारको पछिल्लो मूल्य स्थिति अनुरुप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा प्रति लिटर पेट्रोल रु।३८।०३ ले सस्तो, डिजेल रु।३१।१२ ले स्तो र एलपी ग्याँस प्रति सिलिण्डर रु।५०।६५ ले नेपालतर्फ सस्तो तथा हवाई इन्धन ९आन्तरिकतर्फ०मा रु।३२।९६ ले भारतको कोलकता भन्दा नेपालतर्फ नै सस्तो रहेको स्थितिसमेत सम्बन्धित सबैमा यसै विज्ञप्तीमार्फत् जानकारी गराइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर