नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन — OSNepal

नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन

LC (KTM) January 18, 2022 0

सुर्खेत, ४ माघ -नेकपा एमाले मुगुले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशन सुरु भएको एक सातापछि एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।गत २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै पूर्णता पाएको छ ।

अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबलबहादुर रोकायाले जानकारी दिए । ‘सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो,’ उनले भने, ‘पार्टीमा आंकाक्षी धेरै रहेको भए पनि जिल्लामा एकरूपतामा जानुपर्छ भनेर सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर