कोरोना संक्रमणका कारण राहदानी वितरण स्थगित — OSNepal

कोरोना संक्रमणका कारण राहदानी वितरण स्थगित

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । कोरोना संक्रमणको जोखिमलाई तिव्र गतिमा फैलिएकोले राहदानी वितरण स्थगित गरिएको छ ।

यस अघि विभागले दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको विभागले जनाएको छ तथापी बिरामी भएर विदेश जानका लागि भने राहदानी दिने विभागले जनाएको छ ।
कोरोना संक्रमण सामान्य हुँदै गएपछि बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ ।

अत्यावश्यक भए इमेल ([email protected]) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्नुपर्ने जनाएको छ ।

तथापी , देशका विभिन्न जिल्लाबाट प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेपछि विभागले राहदानी वितरण बन्द गर्ने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर