५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या १२ पुग्यो, कुन - कुन जिल्ला पर्यो ? — OSNepal

५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या १२ पुग्यो, कुन – कुन जिल्ला पर्यो ?

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा दिनप्रति दिन बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ह्रावात्तै संक्रमितको संख्या बढेपछि मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५०० भन्दा बढी संक्रमित हुने जिल्लाको संख्या १२ पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।

जसमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, कास्की, सुनसरी, रुपन्देही , कैलालीझापा, काभ्रे र मकवानपुर रहेका छन् ।

तेस्रो लहर सुरु भएसँगै आज सबैभन्दा धेरै संक्रमितको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर